काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले तोकिएको निर्वाचन रोक्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन्। उनले लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन जेनजीसहित सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले फागुन २१ गते तय गरिएको निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको उल्लेख गरे। उनले निर्वाचनमार्फत निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु नै लोकतान्त्रिक अभ्यासको आधार भएको बताए।

advertisement

महर्जनले पछिल्लो समय जेनजी आन्दोलनतर्फबाट व्यक्त भइरहेका अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै प्रारम्भिक चरणमा देखिएको समर्थनात्मक भूमिकाबाट स्वर परिवर्तन हुनु उपयुक्त नभएको टिप्पणी गरे। उनले निर्वाचन रोक्ने किसिमका अभिव्यक्ति लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए।

निर्वाचन गरिनुपर्छ, यसमा सबैले सहयोग गर्नुपर्छ, उनले भने, लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने कुनै पनि धारणा उचित हुँदैन।

मेयर महर्जनले आफ्नो दुई कार्यकालमा महानगरभित्र पूर्वाधार, सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको दाबी गर्दै हाल पनि महानगरले दैनिक रूपमा नयाँ–नयाँ कामहरू अघि बढाइरहेको बताए। उनले आगामी दिनमा पनि विकास र सुशासनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com