काठमाडौं । सक्रिय पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकार राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
बुधबार काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा रास्वपाका नेताहरूले खत्रीलाई पार्टीको ब्याज प्रदान गर्दै औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै खत्रीले रास्वपाले आफूलाई दिने जुनसुकै जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न तयार रहेको बताए । आगामी निर्वाचनका सन्दर्भमा पार्टीले गर्ने निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
खत्रीले सकारात्मक सोच र सुधारमुखी दृष्टिकोण भएका राजनीतिक शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै देशमा वैकल्पिक राजनीतिलाई बलियो बनाउन सामूहिक प्रयास जरुरी रहेको बताए ।
लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका खत्रीले अब सो क्षेत्रलाई त्यागेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका हुन् ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया