काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच लखनउमा तय भएको चौथो टी–ट्वान्टी क्रिकेट म्याच कुहिरोका कारण रद्द भएको छ ।

घना कुहिरोका कारण अम्पायरले खेल रद्द गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो निर्णय लिनुअघि उनीहरुले टस गर्ने समय सार्दै ६ पटकसम्म मैदान निरीक्षण गरेका थिए । अन्ततस् उनीहरु खेल खेलाउन नसकिने निष्कर्षमा पुगे ।

advertisement

पाँच टी–ट्वान्टी क्रिकेट म्याचको यस सिरिजमा भारत २–१ ले अगाडि छ । पाँचौं तथा अन्तिम म्याच शुक्रबार अहमदावादमा खेलाइने छ ।

अन्तिम म्याचमा पाहुना टोली अफ्रिकालाई बराबरी गर्ने मौका छ । आयोजक भारतीय टोलीलाई भने ३–१ ले सिरिज जित्ने अवसर छ ।

 

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com