काठमाडौं ।नेकपा (एमाले)को महाधिवेशनमा ३६ जना प्रतिनिधि मतदान गर्नबाट वञ्जित भएका छन् ।
उनीहरू तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश नगरेका कारण मतदानबाट वञ्जित भएका हुन् ।
निर्वाचन आयोगका उपप्रमुखका अनुसार प्रतिनिधिहरूलाई मतदानका लागि आज बिहान ५ बजेसम्म मतदानस्थलमा प्रवेश गर्न भनिएको थियो तर उक्त समयमा उपस्थित नभएपछि उनीहरूलाई मतदानबाट वञ्जित गरिएको हो ।
एमालेमा २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मत हालेका छन् ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया