काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा एक जना उम्मेदवार स्वयं मतदान गर्नबाट वञ्चित भएका छन् ।

प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार थिए । तर तोकिएको समयभित्र मतदानस्थलमा नपुगेका कारण उनी आफैँले समेत मत हाल्न पाएनन् ।

advertisement

एमालेले प्रतिनिधिहरूलाई आज बिहान ५ बजेसम्म मतदानस्थलमा उपस्थित हुन निर्देशन दिएको थियो । तर अर्याल सो समयसीमाभित्र मतदानका लागि नआएपछि उनी मतदानबाट वञ्चित भएका हुन् ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com