काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । तीन घण्टाभित्र सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यका साथ मतगणना अघि बढाइएको हो ।
निर्वाचनमा कुल २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् । बाँकी ३६ मतदाता भने मतदान प्रक्रियामा सहभागी भएनन् ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको थियो ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । यस्तै, पार्टीको शक्तिशाली पद मानिने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे आमनेसामने छन् ।
निर्वाचन आयोगले सबै पदको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया