काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना निरन्तर जारी रहेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले स्पष्ट अग्रता कायम राखेका छन् भने महासचिव पदमा शंकर पोखरेल पनि सुरुदेखि नै अगाडि छन्।

advertisement

आयोगका अनुसार हालसम्म गणना भएका मतमध्ये अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्।

मतगणना सुरु भएदेखि नै ओली र पोखरेल दुवैले निरन्तर अग्रता बनाउँदै आएका छन्। निर्वाचन आयोगका अनुसार बाँकी मतगणना प्रक्रियासमेत जारी छ र अन्तिम परिणाम केही समयपछि सार्वजनिक गरिनेछ।

ताजा अवस्थामा मतपरिणाम यस्तो छ(

२ हजार २२७ मध्ये १ हजार १३९ मत गन्दा

अध्यक्ष
केपी शर्मा ओली — ८४३
ईश्वर पोखरेल —२९६

उपाध्यक्ष

अरुण नेपाल — २२३
गुरु प्रसाद बराल — ५८५
गोकर्ण राज विष्ट —७१३
टकं प्रसाद कार्की — १८६
पर्शुराम मेघि गुरुङ्ग — ३३४
पृथ्वी  सुव्वा गुरुङ — ९००
भीम प्रसाद आचार्य — १४३
रघु जी पन्त — ६१७
रामबहादुर थापा बादल — ७७४
विन्दा पाण्डे — ४७४
विष्णु प्रसाद पौडेल —८४६

महासचिव

शंकर पोख्रेल — ६१३
सुरेन्द्र प्रसाद पाण्डे —५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल —३३४
योगेस भट्टराइ — ७०९
रघुविर महासेठ — ६८९
राजेन्द्र प्रसाद गौतम — १४०
लेखराज भट्ट — ७३४
विष्णु प्रसाद रिमाल — ५४०
वैजनाथ चौधरी —२७१

सचिव

अग्नि प्रसाद खरेल —३७७
इन्द्रलाल साप्कोटा — २०९
कर्णबहादुर थापा — ४४४
कृष्ण गोपाल श्रेष्ठ — ३२५
खगराज अधिकारी — ६८०
गोकुल प्रसाद बास्कोटा—५२८
छविलाल विश्वकर्मा — ७६९
ठाकुर प्रसाद गैरे — ४६२
पद्मा कुमारी अर्याल — ७७८
पुर्सोतम पौडेल — २३०
पेम्वा लामा — २५५
भानुभक्त ढकाल — ५५२
महेश बस्नेत— ७८३
यमलाल कडेल — ६२६
रचना खड्का —४५९
राजन भट्टराइ —५८१
लाल बाबु पण्डित — ३९९
विनोद प्रसाद ढकाल  — ३५५
शेरधन राई —७६७
हिक्मत कुमार कार्की —६७२

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com