काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम मतपरिणाम आएको छ। अध्यक्षमा केपी शर्मा ओली र अधिकांश पदाधिकारी ओली पक्षकै उम्मेदवार जितेका छन्।
१९ पदाधिकारीमध्ये २ जनाबाहेक सबै ओली पक्षका जितेका हुन्।उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई जितेका छन्। उनीहरू ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार थिए। पोखरेल भने अध्यक्षमा ओलीसँग पराजित भए।
एमालेमा एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव पदाधिकारी छन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया