काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनताका अधिकारलाई सशक्त बनाउने उद्देश्यसहित पार्टी जनताका माझमा आएको बताएका छन्। गोठालापानीमा आज आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासलाई अघि बढाउँदै जनताको अधिकार मजबुत बनाउने लक्ष्य पार्टीको रहेको उल्लेख गर्दै नेता रावलले संविधानमा रहेका कमजोरीहरू सुधार गरी सुशासन स्थापना गर्न तथा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन पार्टी प्रतिबद्ध रहेको बताए।
उनले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश ठूलो क्षतिमा पुगेको आरोप लगाए। साथै, देशको स्वाधीनता जोगाउन ओली नेतृत्वको सरकार कमजोर सावित भएको दाबी पनि रावलले गरे।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया