काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ।
नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना हुनेछ। हालै सम्पन्न महाधिवेशनबाट केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको हो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्। आजको बैठकमा पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायत महत्वपूर्ण सांगठनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया