काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता जेन–जीद्वारा आयोजित प्रदर्शनका क्रममा घाइते भएकाहरूको अवस्था वर्गीकरण गर्ने कामलाई तीव्र बनाएको छ । घाइतेको अपाङ्गता र गम्भीरताको आधारमा आर्थिक तथा जीवन निर्वाह सहयोग उपलब्ध गराउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो ।
मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिअनुसार घाइतेहरूको वर्गीकरण भइरहेको गृह मन्त्रालयले जनाएको छ । कार्यविधिअनुसार जिल्ला प्रशासन कार्यालयले घाइतेको विवरण संकलन गरी वर्गीकरणको सिफारिस गर्नेछ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसको प्रमाणिकरण गर्ने व्यवस्था छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने प्राविधिक समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार श्रेणीमा वर्गीकरण गर्नेछ ।
कार्यविधिमा गम्भीर घाइतेलाई मासिक नौ हजार र अतिगम्भीर घाइतेलाई मासिक १८ हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्तै, मध्यम प्रकृतिका घाइतेले मासिक चार हजार रुपैयाँ भत्ता पाउने व्यवस्था रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया