काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले महाधिवेशनको नतिजापछि पार्टीभित्र आफ्नो औपचारिक जिम्मेवारी परिवर्तन भएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गरिमामय, उत्साहपूर्ण र सामूहिक उपलब्धिको अनुभूतिसहित सम्पन्न भएको बताएका छन्।

रिमालका अनुसार नयाँ ११औँ केन्द्रीय समितिको नेतृत्व चयनको क्रममा महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको प्यानल प्रायः सर्वसम्मत रूपमा अनुमोदन भएको उल्लेख गर्दै उनले एक उपमहासचिव-स्वयं आफू र एक उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित भएको जानकारी दिएका छन्। यस्तो परिणाम अस्वाभाविक वा चिन्ताजनक नभई लोकतान्त्रिक अभ्यासको स्वाभाविक र स्वस्थ पक्ष भएको उनको भनाइ छ।

advertisement

उनले जनताको बहुदलीय लोकतन्त्र पार्टीको मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गर्दै प्रतिस्पर्धालाई आत्मसात गर्ने, पहल लिने र नेतृत्वको जनादेश हासिल गर्ने संस्कारमा एमाले दृढ रहेको बताएका छन्। सोही भावनाअनुसार महाधिवेशनको नतिजालाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरिएको उनले बताएका छन्।

रिमालले आफूलाई प्राप्त समर्थन र उत्साहवर्धक सन्देशप्रति आभार व्यक्त गर्दै पार्टीभित्र आफ्नो औपचारिक भूमिकामा परिवर्तन आए पनि साझा लक्ष्य, प्रतिबद्धता र कमरेड्ली भावना यथावत् रहेको स्पष्ट पारेका छन्। आगामी दिनहरूमा पनि पार्टीको साझा मार्गमा सहकार्य गर्दै अघि बढ्ने दृढता उनले दोहोर्‍याएका छन्।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com