काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनको भरतपुर विमानस्थलबाट रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा बाक्लो हुस्सुका कारण उडान अवरुद्ध भएपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अधिकारीका अनुसार, लामिछानेलाई प्रहरीले गाडीमार्फत रुपन्देहीतर्फ लगिरहेको छ। उनलाई केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि सँगै लगेका छन्।

advertisement

लामिछानेलाई शुक्रबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ। बिहान ८ बजे विमानस्थलमा पुर्‍याए पनि भैरहवाको खराब मौसमका कारण लामो समय विमानस्थलमा रोकिनु परेको थियो।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com