काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरूसँग आज छलफल गर्ने भएका छन्। त्यसका लागि उनले पार्टीका शीर्ष पदाधिकारीहरूलाई आफ्नै निवासमा बोलाएका छन्।

देउवाले शनिबार बिहान ९ बजे दुई उपसभापति र दुई महामन्त्रीसँग बैठक गर्ने कार्यक्रम तय भएको छ। छलफलमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्।

advertisement

बैठकमा मुख्यतया महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ। नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको भए पनि पुस १६ गते वडा अधिवेशन सम्पन्न गरेर २६ गते नै केन्द्रीय महाधिवेशन गर्ने तालिका व्यवहारिक नदेखिएको भन्दै पार्टीभित्र चिन्ता व्यक्त हुँदै आएको छ।

यद्यपि निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भइसकेको छ, तर विधान मस्यौदा समिति भने हालसम्म गठन हुन सकेको छैन। शनिबारको बैठकले यी साङ्गठनिक अन्योल र जटिलताहरूको समाधानतर्फ केही स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com