काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्ने भएका छन्। हालै रिहा भएका लामिछानेले भरतपुरको चौबीसकोटी क्षेत्रमा केहीबेरमा कार्यकर्ता तथा समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रवक्ता झाका अनुसार लामिछाने हिजै चितवन आइपुगेका थिए। चितवनमा सम्बोधन सकेलगत्तै उनी दिउँसो १:५० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
काठमाडौं फर्किएपछि लामिछानेले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरूसँग भेटघाट गर्ने कार्यक्रमको औपचारिक सुरूवात गर्नेछन्।
यसैबीच, भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछानेलाई स्वागत गर्ने विशेष कार्यक्रम आयोजना गरिने पनि प्रवक्ता झाले जानकारी दिए।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया