चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधको प्रयास भएको दाबी गरेका छन्। शनिबार चितवनमा आयोजित समारोहमा बोल्दै लामिछानेले यस्तो बताएका हुन्।
उनले सरकारले आफूमाथि प्रतिशोधको प्रयास गर्दा समेत ‘हेलिकोप्टरमा झुन्डिएर भागेको’ टिप्पणी गर्दै, त्यसबाट आफूलाई डर लागेको नभएको स्पष्ट पारे। लामिछानेले भने, ‘यीनले म माथि प्रतिशोध साँधे पनि, ढुक्क रहनुहोस्, मबाट प्रतिशोधको राजनीति हुने छैन। म लोकतन्त्रमा विश्वास गर्छु, मलाई लोकतन्त्रले थुनेको होइन, यी अपराधी र षडयन्त्रकारीहरूले मलाई थुनेका हुन्। यी लोकतन्त्र होइनन्।’
उनले यो अवसरमा देशमा लोकतन्त्र अझै जिउँदो रहेको दाबी पनि गरेका छन्। लामिछानेका अनुसार, आफू लोकतान्त्रिक मूल्य र संस्थाप्रति प्रतिबद्ध रहेको र कुनै राजनीतिक बदला नीति अपनाउने सोच नरहेको छ।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया