विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा दाजुले आफ्नै भाइको हत्या गरेका छन् भने आमा घाइते भएकी छन्। राति पैसाको विवादमा भएको झगडापछि ३० वर्षिय धर्मराज राईको हत्या ३२ वर्षिय दाजु युवराज राईले गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युवराजले आमा ५६ वर्षिया रुपमाया राईमाथि पनि आक्रमण गरी गम्भीर घाइते बनाएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी राजन चपाचागाईंका अनुसार अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका युवराज केही दिनयता अस्वभाविक व्यवहार गर्दै आएका थिए।

advertisement

प्रहरीका अनुसार राति घरमा आमासँग पैसाको विषयमा विवाद भए पछि युवराजले एक्कासी भाइलाई टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए। आमा उपचारको लागि बाहिर जानासाथ उनले भाइको हत्या गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घरमा आमा र दुई छोरासहित जम्मा तीनजना बस्ने गरेका थिए। मृतक धर्मराज शारीरिक र मानसिक रुपमा कमजोर थिए। प्रत्यक्षदर्शीहरूले बताए अनुसार युवराजले धारिलो हतियार प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेका थिए।

घरमा झगडा बेलाबेला हुने भए पनि मध्यरातको हत्या भएकाले छिमेकीहरूलाई थाहा नभएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा पुग्नासाथ युवराज फरार रहेको र उनको खोजतलास जारी रहेको जानकारी दिएको छ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com