काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै पनि तर्क वा बहानामा निर्वाचन सार्ने काम नगर्न कडा चेतावनी दिएका छन्। उनले भने, निर्वाचन सार्ने प्रयास भए आफूहरू चुपचाप बस्ने छैनन्।

पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभामा सम्बोधन गर्दै प्रचण्डले संविधान मिचिने खतरा रहेको चेतावनी दिए। उनले भने, ‘हामी यो देशलाई संकटबाट बचाउने उद्देश्यका साथ एकीकृत भएका छौं। सहज ढंगले निर्वाचन सम्पन्न होस् भन्ने हाम्रो स्पष्ट उद्देश्य हो। सरकारले कुनै तर्क वा बहानामा निर्वाचन सार्ने दुस्साहस नगरोस्।’

advertisement

प्रचण्डले अघि भने, ‘पहिले केही हदसम्म संविधान मिचिएको थियो, तर देशको अवस्था हेरी हामीले चुपचाप सहयोग गरेका थियौं। तर फेरि निर्वाचन मिति सार्न खोजियो भने संविधान मिचिनेछ र हामी चुपचाप बस्ने छैनौं। केही अहंकारी र दम्भीहरूले प्रतिशोधबाहेक केही नदेख्ने भएर धम्की दिने प्रयास गर्छन्। म आज धम्कीको भाषा बोल्न चाहन्नँ, तर निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न हुनुपर्छ।’

उनले सरकारले ६ महिना वा एक वर्षसम्म निर्वाचन मिति सार्ने हल्ला पनि सुनेको बताए। प्रचण्डले स्पष्ट पारे, ‘यदि यस्तो भयो भने देश फेरि संकटमा पर्छ। अबको संकटको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन।’

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com