काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटघाट तथा छलफल गरेका छन्। शनिबार काठमाडौं आइपुगेपछि उनले बबरमहलस्थित जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारसँग संवाद गरेका हुन्।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले जेन–जी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको उल्लेख गर्दै शहीद परिवारले न्याय नपाएसम्म आफूहरू संघर्षरत रहने प्रतिबद्धता जनाए। उनले शहीद परिवारका पीडा र मागलाई गम्भीर रूपमा लिइएको बताए।
लामिछानेले सुशासन कायम गर्ने विषयमा सरकारलाई रास्वपाको पूर्ण समर्थन रहने पनि स्पष्ट पारे। साथै, जेन–जी आन्दोलन र शहीद परिवारका मागहरू पूरा गराउन पार्टी तथा आफ्नो व्यक्तिगत ऐक्यबद्धता रहेको जिकिर गरे।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया