काठमाडौं  । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले देश विकासका लागि श्रम संस्कृतिको विकास अनिवार्य रहेको बताएका छन्।

विदेशबाट ऋण ल्याएर मात्र देशको विकास सम्भव नहुने उल्लेख गर्दै उनले हप्तामा कम्तीमा एक दिन श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।

advertisement

श्रम संस्कृति पार्टी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक साम्पाङले भने, “विदेशबाट ऋण लिएर देश बन्दैन। देश विकासका लागि हप्तामा एक दिन श्रम गर्ने बानी बसालौँ, बाँकी छ दिन आफ्नो लागि काम गरौँ। त्यसो गरे मात्र देशको वास्तविक विकास हुन्छ।”

उनले चीन, जापान र कोरिया श्रमकै बलमा समृद्ध बनेको उदाहरण दिँदै देशलाई समृद्ध बनाउन सबै नागरिकले काम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए।

एक जनाको कमाइले घर, परिवार र देशको विकास नहुने उल्लेख गर्दै उनले गफ होइन, काम गर्ने संस्कृतिको आवश्यकता औंल्याए। श्रमको सम्मान गर्दै देश विकास गर्ने उद्देश्यले नै श्रम संस्कृति पार्टी स्थापना गरिएको पनि उनले स्पष्ट पारे।

धरान उपमहानगरपालिकाको प्रमुख बनेपछि साढे तीन वर्षको अवधिमा कुनै पनि अनियमितता नगरेको दाबी गर्दै साम्पाङले पाँच वर्षपछि मेयर पदबाट बाहिरिँदा आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए देश छाडेर शरणार्थी बन्न तयार रहेको बताए।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com