काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।

सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिसहितका पदाधिकारीसँग शनिबार महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरेका थिए।

advertisement

सभापति देउवासँगको छलफलमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत सहभागी थिए।

छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा छलफल भए पनि कार्यातालिका कसरी हेरफेर गर्ने भन्ने विषयमा भने कुनै टुंगो नलागेको सहभागी एक सदस्यले जानकारी दिए ।

केहीदिन पछि कार्यसम्पादन समितिको बैठकले बोलाउने र त्यही बैठकमा कार्याताललिका हेरफेर हुने बताइएको छ।

त्यस्तै विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति भएको छ।

त्यस्तै विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाको बाँकी अवधि मिनाहा गर्ने पनि सहमति भएको बताइएको छ। कांग्रेसले यही पुस २६ देखि २८ सम्म महाधिवेश गर्ने भने पनि अझै क्रियाशील सदस्यता विवादको टुंगो लगाएको छैन।

 

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com