काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरिएको छ।

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट ओलीको नाम पहिलो नम्बरमा सिफारिस गरिएको राप्रपाको क्षेत्रीय समितिले जनाएको छ।

advertisement

प्रत्यक्षतर्फ यस निर्वाचन क्षेत्रबाट खुश्बु ओलीसहित पाँच जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारी पनि रहेका छन्।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com