झापा । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल साँझ करिब ५ः३० बजे आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा भद्रपुर नगरपालिका–९ का २५ वर्षीय भूपाल अधिकारी र भद्रपुर नगरपालिका–७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
गम्भीर घाइते अवस्थामा रहेका दुवै जनालाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार












प्रतिक्रिया