काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
समूहका संयोजक मिराज ढुङ्गानाले लोकतान्त्रिक र अहिंसात्मक माध्यमबाट आफ्ना मागहरू अघि बढाइने स्पष्ट पार्दै देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरे। उनले आन्दोलनको पहिलो चरणका रूपमा भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भई सहभागिता जनाउन आम नागरिकलाई आह्वान गरे।
समूहले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहने र संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै अघि बढाइने जनाएको छ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया