काठमाडौं । द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारले जेनजी आन्दोलनसँग सम्झौता गरे पनि प्रहरीले आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउने क्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरेका छन्।

गुरुङका अनुसार भदौ २३ र २४ मा भएको आन्दोलनमा पक्राउ परेका तर अझै रिहा हुन नसकेका व्यक्तिहरूका परिवारले सिधै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीसँग सम्पर्क गर्न सकून् भन्ने उद्देश्यले नम्बर सार्वजनिक गरिएको हो।

advertisement

सरकारले जेनजी आन्दोलनलाई औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिएको छ। राजपत्रमा समेत प्रकाशित सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख गरिएको छ।

तर गुरुङले आरोप लगाए अनुसार भ्रष्टाचारीविरुद्ध कारबाही गर्ने भनिएको भए पनि सरकारले उल्टो रूपमा जेनजी आन्दोलनमा सहभागीहरूलाई झुटा मुद्दा लगाएर फसाएको बताइएको छ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com