काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालय वनस्थली पुगेका छन्।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने आठ महिनापछि आइतबार पार्टी कार्यालय (घण्टीघर) पुगेका हुन्। उनलाई कार्यवाहक सभापति डोलप्रसाद अर्यालले स्वागत गरेका थिए। नख्खु कारागारमा रहेका उनी शुक्रबार धरौटीमा रिहा भएका थिए।
पार्टी कार्यालयमा उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले जेन–जीको विद्रोहलाई अझै क्रान्तिमा रूपान्तरण गर्न बाँकी रहेको बताएका छन्।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया