काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने कुरामा जेन-जी युवाहरूले सरकारलाई खबरदारी गर्नुलाई अन्यथा लिन नहुने बताएका छन् ।

आइतबार मन्त्रालयमा पदबहाली गरेको तीन महिनाको अवधिमा भएका मन्त्रालयगत उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री खरेलले जेन-जी युवाका विभिन्न समूहहरूले अघि सारेका मागप्रति सरकार जानकार रहेको भन्दै देशमा सुशासन कायम गर्ने कुरामा खबरदारी गर्न सडकमा जानु, शान्तिपूर्ण प्रदर्शन गर्नुलाई अन्यथा लिन नहुने बताएका हुन् ।

advertisement

उनले जेन-जी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि निर्मम रुपमा कार्य गर्दै अघि बढिरहेको जिकिर गरे । सरकार तोकिएको समयमा नै निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै उनले निर्वाचनको वातावरण सहज बन्दै गएको दाबी गरे ।

त्यस्तै मन्त्री खरेलले आफ्नो कार्यकालमा पत्रकार सरेश रजकलाई सहिद घोषणा, आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, निःशुल्क वाइफाई इन्टरनेट जडान लगायतका काम भएको जानकारी दिए ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com