काठमाडौँ। साउदी अरबमा यस वर्ष मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ । रिपोर्टअनुसार, यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइएको छ, जबकि गत वर्ष यो संख्या ३ सय ४५ थियो ।

ब्रिटेनस्थित एक मानवअधिकार समूहका अनुसार, यो साउदी अरबमा ‘सर्वाधिक रक्तपातपूर्ण वर्ष’ हो। यस वर्ष मृत्युदण्ड पाएका मध्ये दुई जना पाकिस्तानी नागरिक छन्, जसलाई ड्रग सम्बन्धी मुद्दामा दोषी करार गरिएको थियो । त्यस्तै, एक जना पत्रकार, दुई जना युवा (जुन विरोध प्रदर्शनको समयमा नाबालिग थिए) र पाँच महिला पनि समावेश छन्।

advertisement

मृत्युदण्ड पाउने आधा भन्दा बढी व्यक्ति विदेशी नागरिक थिए र अधिकांशलाई ड्रगसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको बताइएको छ ।  संयुक्त राष्ट्रसंघका अनुसार, यस्तो अपराधमा मृत्युदण्ड दिने अभ्यास ‘अन्तर्राष्ट्रिय मापदण्ड विपरीत’ हो ।

साउदीका अधिकारीहरूले यस विषयमा हालसम्म कुनै टिप्पणी नगरेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com