एजेन्सी । इन्डोनेसियामा भयानक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समय अनुसार मध्यरातमा ३४ जना यात्रु बोकेको बस कङ्क्रिटको पर्खालमा ठोक्किएको थियो ।

यस घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन्। बस चालकले नियन्त्रण गुमाएर बस कङ्क्रिटको पर्खालमा ठोक्किएर पल्टिएको

advertisement

खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले जानकारी दिएका छन् । बस राजधानी जकार्ताबाट प्राचीन शाही सहर योग्याकार्ता जाँदै गर्दा सो दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा धेरै जना घाइते भएका । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।

तीव्र ठक्करले गर्दा धेरै यात्रुहरू बसबाहिर खसेका र बसको बडीमा फसेका बुडियोनोले भनेका छन् । दुर्घटनाको लगभग ४० मिनेट पछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर मृतक यात्रुमध्ये ट जनाको शव निकालेका थिए ।

अस्पताल लैजाने क्रममा वा उपचारको क्रममा अन्य १० जनाको मृत्यु भएको बुडियोनोले बताए।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com