काठमाडौं । माइतीघर मण्डलामा आन्दोलनका लागि भेला भएका जेन–जी समूहका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको छ। सो क्रममा निकोलस भुसालसहित केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना र रविकिरण हमालको नेतृत्वमा जेन–जी समूहले ‘संयुक्त आन्दोलन’को गर्दै माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनस्थलमा केही घाइते व्यक्तिहरू पनि पुगेका थिए।
प्रशासनको पूर्वअनुमति नलिई कार्यक्रम गरिएको भन्दै प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको हो। सो क्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर धकेलाधकेलसमेत भएको जनाइएको छ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया