काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार (पुस ७) काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

मिराज सडकमा सुतेका छन् । प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरिरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

advertisement

त्यहाँ आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई अनुमति दिएको छैन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएको भन्दै प्रहरीले हटाउन खोजिरहेको छ । मिराजलगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com