जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन्। सभामुख यादवले सोमबार प्रदेशसभा कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार सम्हाले।
पदभार ग्रहण गर्दै सभामुख यादवले सुशासन र पारदर्शितालाई आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले भने, ‘मधेस प्रदेशसभा आन्दोलनको प्रतीक हो। प्रदेशसभा हाम्रो पहिचानमा आधारित छ। मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो।’
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया