काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सोमबार (पुस ७) भएको प्रदर्शनका क्रममा प्रहरीले ‘जेनजी’ समूहका २० भन्दा बढी समुहलाई नियन्त्रणमा लिएको छ।

प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएकालाई प्रहरीको गाडीमा राखी अन्यत्र लगिएको छ। यसअघि पनि केही जेनजी समुहलाई प्रहरीले नियन्त्रणमा लिएर तत्कालै रिहा गरेको थियो। सोमबारको प्रदर्शनमा भने जेनजीका अगुवा नेताहरूलाई पुनः नियन्त्रणमा लिइएको हो।

advertisement

प्रहरी नियन्त्रणमा पर्नेहरूमा मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायत रहेका छन्। मिराज ढुंगाना र डा. निकोलस भुसालसहितका केही व्यक्तिलाई यसअघि पनि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर, उनीहरूले प्रहरीको गाडीमा बस्न अस्वीकार गरेपछि भीडले नाराबाजी गरेको र अवस्था तनावग्रस्त बनेपछि प्रहरीले तत्कालै छाडेको थियो। त्यसपछि पुनः उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको बताउँदै अनुमति बिना गरिएको प्रदर्शन हटाउने क्रममा नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ।

जेनजी समूहले सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै आन्दोलनको घोषणा गरेको र सोही कार्यक्रमअन्तर्गत सडकमा उत्रिएको जनाएको छ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com