काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै जेनजी समूहले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायतका युवा सहभागी थिए।

प्रदर्शनकारीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारा लेखिएका प्लेकार्डसहित सर्वपक्षीय सरकार गठनको माग गरेका थिए। सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको पनि थियो।

advertisement

यसअघि प्रदर्शन गर्नका लागि ढुंगानासहितका युवाहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए। तर प्रशासनले अनुमति नदिएकोले अनुमति विना सुरु भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।

प्रदर्शनमा सहभागी केही आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेका थिए।

हाल समूह प्रदर्शन जारी राखेको छ र प्रदर्शनकारीहरू माइतीघर मण्डलामा भेला छन्।

 

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com