काठमाडौं । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा प्रमुख विषयमा राजनीतिक दल र सरोकारवालासँग सुझाव मागेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा गृह मन्त्रालयले दल र नागरिक समाजसँग प्रतिपुष्टि लिन पहल गरेको हो। सुझाव मागिएका तीनवटा विषयहरूमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, अन्तर निर्वाचन क्षेत्रबाट मतदान गर्ने व्यवस्था, र नो भोटको प्रावधान समावेश छन्।

advertisement

छलफलमा सरकारी पक्षले यी विषयलाई सम्बोधन गर्न चारवटा निर्वाचन सम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको जानकारी दिएको छ। गृह मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेकोले त्यसमा आवश्यक सुधार र सुझावका लागि राजनीतिक दल र सरोकारवालासँग प्रतिपुष्टि लिन लागेको हो।

विधेयकमा विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने र विदेशस्थित नेपाली नियोगलाई मतदान स्थलको रूपमा प्रयोग गर्न सकिने व्यवस्था समावेश गरिएको छ। साथै, नेपालमा भए पनि आफ्नो मत केन्द्र वा मतदान स्थलमा पुग्न नसक्ने व्यक्तिले अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न सक्ने व्यवस्था पनि मस्यौदामा राखिएको छ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com