काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको आफ्नो घरमा चोर भेटिएको अद्भुत अनुभव सुनाएका छन्।

महामन्त्री थापाले आज काठमाडौं क्षेत्र नम्बर ४ का नेता–कार्यकर्तासँगको भेला कार्यक्रममा यो प्रसंग सुनाएका हुन्।

advertisement

थापाको रातोपुलस्थित घरमा भदौ २४ गते आगजनी भएको थियो। उनले भने, ‘घर आगजनीमा परेपछि राति परिवारलाई एकतिर पठाइयो, म अर्कोतिर लागें। भोलिपल्ट मात्र आमासँग कुरा भयो। तेस्रो दिन हाम्रा साथीहरू घरतर्फ गए, त्यहाँ एउटा चोर मेरै लुगा लगाएर मेरै खाटमा सुतिरहेको भेटियो।’

महामन्त्री थापाले थपे, ‘कहाँबाट आए त भनेर सोध्दा, पहिलो दिन लुगा चोरी गरेर लगेको रहेछ। केही बाँकी छ कि भनेर फर्केर आएको रहेछ। माथिल्लो कोठा आगोले नहालिएकाले त्यहीँ सुतेको रहेछ। साथीहरूले त्यहाँबाट नियन्त्रणमा लिएर लगे। स्थिति केही दिन यस्तै रह्यो।’

उनले भन्छन्,’घरमा बस्ने डेरा खोजे पनि केही दिन नपाइएको। म त्यहीँ जन्मेहुर्केको हुँ, काठमाडौंमा डेरा बस्ने अनुभव पनि कहिल्यै भएन। बानेश्वरतिर डेरा खोजेँ, तर पानीको समस्या भएकाले परिवारलाई त्यहीँ पठाइयो। अहिले बूढानीलकण्ठ चपलीको स्कुल भएको ठाउँमा आमाबुवासँगै बसिरहेको छु।’

महामन्त्री थापाले रातोपुलको घर भने पूर्ण रूपमा भत्काएर पुनःनिर्माण गर्नु पर्ने अवस्था आएको बताएका छन्।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com