काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ।
महाराजगन्जमा भएको भेटमा दुई शीर्ष नेताबीच वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत छलफल भएको ओली निकट सचिवालयले जनाएको छ। छलफलका क्रममा सर्वोच्च अदालतमा दर्ता गर्न लागिएको मुद्दा लगायत अन्य समसामयिक राजनीतिक विषयहरूमा विचार–विमर्श भएको बताइएको छ।
एमाले र कांग्रेसका सांसदहरूले संयुक्त रूपमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। सोही सन्दर्भमा दुई दलका शीर्ष नेताबीच समन्वय र रणनीतिबारे छलफल भएको बुझिएको छ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया