काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भदौ २३ गते भएको नरसंहारका लागि जिम्मेवार एमाले–कांग्रेस सरकार तथा ती दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्ण रूपमा समाप्त भइसकेको बताएका छन्। उनले सो संसदको पुनर्स्थापना नहुने स्पष्ट पारेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा. वाग्लेले फागुन २१ गते हुने आम निर्वाचनबाट नयाँ जनादेशसहितको संसद गठन हुने र त्यसले आगामी पाँच वर्षका लागि स्थिर संघीय सरकार निर्माण गर्ने दाबी गरेका छन्। उक्त सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने उनको भनाइ छ।
उनले लेखेका छन्, “भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले–कांग्रेस सरकार र तिनै दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्ण रूपमा सकिएको छ, त्यसको पुनर्स्थापना हुँदैन। फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले आगामी पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने छ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया