काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेका छन्।
राष्ट्रपतिको कार्यालयले बुधबार दिउँसो ३ बजे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट हुने जानकारी दिएको छ।
हालसम्म राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्री त्रयसँग हुने छलफलको एजेन्डाबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया