बालेनसँग भेटेका रविले भने- सुदन र कुलमानसँग पनि छलफल गर्दैछौँ

रवि लामिछानेले ‘हामी नेपाली’ नामक एनजीओका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल हुने जानकारी दिए।



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन्। उनले सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’सँग छलफल गरेको जानकारी दिए।

लामिछानेले भने, ‘नयाँ र वैकल्पिक भनिएका दल तथा व्यक्तिहरूसँग संवादमार्फत एकै ठाउँमा प्रयास गरिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ।’

advertisement

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो कि भन्ने प्रश्नमा लामिछानेले स्पष्ट पार्दै भने, ‘हामी त्यस चरणमा पुगेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्छ।’

उनले आगामी दिनमा अझै छलफलको तयारी रहेको र त्यसपछि मात्र राजनीतिक निर्णयमा अघि बढ्ने बताए। साथै, लामिछानेले ‘हामी नेपाली’ नामक एनजीओका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल हुने जानकारी दिए।

उनले थपे, ‘अरूसँग पनि कुरा भइरहेको छ। सुदन गुरुङजी र कुलमानजीसँग पनि छलफल हुनेछ। रास्वपाले नै यो जिम्मेवारी पूरा गर्नेछ।’

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com