मन्त्रीहरूको पार्टी कार्यालय भ्रमण फागुन २१ को निर्वाचन हुने संकेत : प्रचण्ड

भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रचण्डले भने, 'यो निर्वाचन हुने स्पष्ट र राम्रो संकेत हो।'



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका मन्त्रीहरू विभिन्न राजनीतिक दलका कार्यालयमा पुग्नु फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सकारात्मक संकेत भएको बताएका छन्।

मंगलबार सरकारका प्रवक्ता जगदीश खरेलसहितका मन्त्रीहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका कार्यालयमा पुगेर जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे अनुगमन गरेका थिए।

advertisement

अनुगमनकै क्रममा पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेका खरेलसहितका मन्त्री टोलीसँग प्रचण्डले भेटवार्ता गरेका थिए।

भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो निर्वाचन हुने स्पष्ट र राम्रो संकेत हो।’

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com