काठमाडौं । जाँचबुझ आयोगले तीन जना उच्च सरकारी अधिकारीको स्थानहद फुकुवा गरेको छ।
मंगलबार आयोगले पत्रमार्फत तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद हटाएको हो।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेद्वारा पठाइएको पत्रमा उनीहरूको बयान प्रक्रिया पूरा भइसकेकाले स्थानहद फुकुवा गरिएको उल्लेख छ। स्थानहद हटेसँगै उनीहरूलाई विदेश भ्रमण गर्न समेत अनुमति दिइएको जनाइएको छ।
यसअघि गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि उनीहरूमाथि स्थानहद तोकिएको थियो।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया