काठमाडौं । भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन गरिरहेको जाँचबुझ आयोगले विदेश भ्रमणमा लगाएको प्रतिबन्ध हटाएपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन्।

मंगलबार आयोगबाट स्थानहद फुकुवाको औपचारिक पत्र प्राप्त गरेलगत्तै खापुङले उक्त पत्रको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू अब जहाँ पनि जान तयार रहेको संकेत दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘लु है, कतै निमन्त्रणा छ भने भन्नुहोस् है!’

advertisement

अनुसन्धान प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै जाँचबुझ आयोगले मंगलबार नै खापुङसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको विदेश भ्रमण तथा उपत्यका नछाड्नुपर्ने प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।

लामो समयदेखि यात्रामा रोक झेल्दै आएका खापुङले स्थानहद फुकुवाको पत्र पाएपछि व्यङ्ग्यात्मक शैलीमै आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com