काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक आयोजना गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
साथै, महाधिवेशनको तयारी र क्रियाशील सदस्यता सम्बन्धी विवादबारे पनि समाधान खोज्ने नेताहरूले बताएका छन्।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया