काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उपयुक्त वातावरण तयार भइसकेको दाबी गरेका छन्।

जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँगको संवादमा मन्त्री खरेलले सबै प्रमुख राजनीतिक दलहरूले निर्वाचनका लागि आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिएका हुन्। उनका अनुसार, जनमत पार्टी समेत निर्वाचनका लागि तयारी अवस्थामा रहेको र सरकारलाई यो देखेर उत्साह प्राप्त भएको छ।

advertisement

मन्त्री खरेलले भने, ‘चुनावको वातावरण तयार पार्न सरकारको तर्फबाट प्रमुख राजनीतिक दलहरूको पार्टी कार्यालयमा पुगेर छलफल गरेका हौँ। फागुन २१ मा सरकारले निर्वाचन सम्पन्न गर्ने तयारीमा छ। हामीले भेटेका दलहरूले पनि चुनावको लागि वातावरण बनिसकेको र पूर्णतया तयार भएको सन्देश दिएका छन्।’

सरकारद्वारा गठन गरिएको राजनीतिक संवाद समितिका सदस्यहरू, जसमा कानून मन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल रहेका छन्, उनीहरूले निर्वाचनको वातावरण सुनिश्चित गर्न राजनीतिक दलहरूको कार्यालयमा गएर अनुगमन गरिरहेका छन्।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com