काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लक्षित गर्दै खुला पत्र लेखेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशित पत्रमा कोइरालालाई ‘सक्ने ठाउँमा हुँदा पनि किन आवश्यक कदम उठाउनुभएन?’ भनी प्रश्न गरेका छन्।
मिश्रले पत्रमा ९ बुँदामा आफ्ना विचार राख्दै कांग्रेस सभापति वा प्रधानमन्त्री बन्ने उद्देश्यमा आत्मकेन्द्रित चिन्तनमा नअड्किन चेतावनी दिएका छन्।
उनले थप लेखेका छन्, ‘यस्तो तरिकाले पनि राजनेता बन्न सकिन्छ? यसरी भए पनि प्रधानमन्त्री भए तपाईं सिङ्गो नेपालका लागि होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री मात्र बन्नुहुन्छ। तपाईंलाई देशको भन्दापनि पदको मायाँ छ कि?’
यस खुला पत्रमार्फत मिश्रले नेताको जिम्मेवारी र देशप्रतिको दृष्टिकोणबारे प्रश्न उठाएका छन्।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया