काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा जलस्रोत, उर्जा र सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने कार्यकालमा १ सय १ वटा काम सम्पन्न गरेको दाबी गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले आफूले सम्हालेका तीनवटै मन्त्रालयमा जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै उल्लेखनीय काम सम्पन्न गरिएको बताए।

advertisement

उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३६, शहरी विकास मन्त्रालयअन्तर्गत ३३ तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत ३१ वटा प्रमुख काम सय दिनभित्र सम्पन्न भएका छन्।

मन्त्री घिसिङले आफूलाई ‘सेवक’को भूमिकामा राख्दै जेन–जीको मागअनुसार निस्वार्थ ढंगले काम गरिरहेको दाबी गरे। उनले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com