काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै ६० जना निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको पूरक निवेदनमाथि सुनुवाइ सकिएको छ ।

पुनर्स्थापनाको मागसहित पहिले नै दर्ता भएका रिटमा आफूहरूको समेत सरोकार रहेको भन्दै कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले आफूहरूलाई पनि मुद्दाको पक्ष बनाउन मागसहित पुरक निवेदन दर्ता गराएका थिए ।

advertisement

बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो।

संवैधानिक इजलासले यी निवेदकलाई पनि सामेल गराउने आदेश दिए यसअघि दर्ता भइसकेका डेढ दर्जन रिटलाई एकसाथ राखी सुनुवाइ हुनेछ जसमा पुरक निवेदन दिएका सबै निबर्तमान सांसदहरू पनि मुद्दाको पक्ष हुनेछन् ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com