सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ज्ञानबहादुर शाहीलाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

जिल्ला कार्यसमिति जुम्लाले बुधबार यस निर्णयको जानकारी पार्टी केन्द्रीय कार्यालयलाई दिएको छ। शाही ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भइसकेका थिए।

advertisement

त्यसैगरी, समानुपातिकतर्फ विभिन्न समूहका लागि उम्मेदवारहरू सिफारिस भएका छन्। पुरुष समूहबाट रामानन्द न्यौपाने, विर्खबहादुर कठायत, पूर्णसिंह कठायत, गंगाप्रसाद उपाध्याय, बिन बुढा, जयन्त महत, अनिल थापा र असमिन सेजुवालको नाम सिफारिस भएको छ।

महिला समूहबाट पञ्चकली बुढा, बसन्ताकुमारी शाही र जानदेवी शर्मा सिफारिस भएका छन् भने दलित समूहबाट बलबहादुर बस्याल, विपुना नेपाली र महालक्ष्मी विटालुको नाम प्रस्तावित गरिएको छ।

यस निर्णयसँगै राप्रपा जुम्लाले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारको तयारी पूरा गरेको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com