काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।
दुवै पार्टीबीच लामो छलफलपछि एक भएर अघि बढ्ने निर्णय गरिएको हो।
सहमतिअनुसार आजै दुवै पार्टीका नेताहरूले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया